कार्की मृत्यु प्रकारण,सुधार केन्द्रका सञ्चालक सापकोटा पुर्पक्षका लागी कारागार चलान,

4.6k Shares

सर्लाहीको हरिवन नगरपालिका ९ स्थित रहेको नयाँ जीवन सुधार केन्द्रमा रहेका एकजनाको मृत्यु प्रकरणमा सर्लाही जिल्ला अदालतले एकजना सञ्चालकलाई पुर्पक्षका लागी कारागार चलान गरेको छ।तत्कालीन लालबन्दी नगरपालिका १ नवलपुर स्थित भई हाल हरिवन नगरपालिका ९ स्थित सुखेपोखरीमा सरेको नयाँ जीवन सुधार केन्द्रमा २०८० बैशाख २७ गते बुधबार मृत फेला परेका हरिवन नगरपालिका १ का अन्दाजी वर्ष ३३ का प्रेमराज कार्कीका पीडित परिवार पटक पटक प्रहरी गुहारेपनि न्यान नपाउँदा निराश भएका थिए तर अदालतले सुधार केन्द्रका सञ्चालक विक्रम राज सापकोटालाई पुर्पक्षका लागी झुम्का कारागार सुनसरी चलान गरेपछि अब न्याय पाउने आश पलाएको पीडित परिवारले बताए ।
लालबन्दी नगरपालिका १ नवलपुर स्थित रहेको हाल हरिवन नगरपालिका ९ सुखेपोखरीमा रहेको सुधार केन्द्रमा बस्ने हरिवन नगरपालिका १ का अन्दाजी वर्ष ३३ का कार्की बैशाख २७ गते बुधबार गम्छा पासो बनाई आफ्नै कोठाको सिलिङ पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।सो विषयमा पीडित परिवारले आफ्नो मान्छे आफैँ आत्माहत्या गरेको नभई आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी लिएर ईलाका प्रहरी कार्यालय हरिवनमा पटक पटक जाँदा पनि प्रहरीले विभिन्न बाहनामा जाहेरी लिएको थिएन् । 
पीडित परिवारले पहिला सुधार केन्द्रका सञ्चालकहरुको नाममा ल्याएको जाहेरी यो वा त्यो बाहनामा प्रहरीले सच्याएर ल्याउन भनेको त्यसपछि प्रहरीले भने अनुसार नै सच्याएर ल्याएको जाहेरी पनि दर्ता नगरेको पीडित परिवारले गुनासो गरेका थिए ।पीडित परिवारले आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी दिन पटक पटक ईलाका प्रहरी कार्यालय हरिवनमा जाँदा प्रहरीले पटक पटक यो वा त्यो बाहनामा जाहेरी लिन नमानेको मृतककी आमा हिरा कुमारी कार्कीले गुनासो गरेकी थिईन्।सुधार केन्द्रका सञ्चालकले प्रहरीलाई आर्थिक प्रभावमा पारेर पीडितको जाहेरी प्रहरीले दर्ता नगरेको समेत आशंका पीडित परिवारको थियो भने सुधार केन्द्रका सञ्चालक सापकोटा मंसिर १३ गते बुधबार आफैँ अदालतमा हाजिर भएर न्यायलयलाई पनि आर्थिक प्रलोभनमा पर्ने प्रयास समेत गरेका अदालत स्रोतको दाबी छ ।
अदालतमा हाजिर भएका सुधार केन्द्रका सञ्चालक सापकोटाका विषयमा सर्लाही जिल्ला अदालतका न्यायधीश अनन्तराज न्यौपानेले बयान लिँदा र फाईल हेर्दा प्रहरीले मुचुल्का पनि पीडितलाई थप पीडित बनाउने गरी तयार पारेको,अदालतमा पेश गरिएको फाईलमा पटक पटक केरमेट गरिएको र पीडित परिवारको कुनै वयान समावेश नगरेको पाइएपछि अदालतका न्यायधीश सूर्यबहादुर थापाले कुनै पनि बाहनामा छाड्न नसकिने विषय पाएपछि सिधैँ पुर्पक्षका लागी झुम्का कारागार सुनसरी चलान गरेका अदालत स्रोतले जनाएको छ ।
 मृतककी आमा हिराका अनुसार कार्कीको शरीरमा चोटपटक लागेको,कपाल मुण्डन गरिएको अवस्थामा तीन÷चार वटा खाटको बिचमा रहेको सिलिङ पंखामा झुण्डिएको अवस्थामा शव फेला पारीएको र सुधार केन्द्रका सञ्चालकहरुले कोहि कसैलाई बोलाउन पर्दैन भन्दै तन्नामा पोको पारि घर लैजानु भनेका कारण आफुहरुलाई शंका लागि आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी दिन खोजेको भएपनि प्रहरीले तीन पटक जाहेरी परिवर्तन गराएको र त्यसपछि पनि जाहेरी नलिएपछि हुलाक मार्फत जाहेरी पठाएका थिए ।
घटनास्थलमा प्रहरीलाई सुधार केन्द्रका सञ्चालकहरुले बोलाउन नदिनु र हतार हतारमा शवलाई लैजानु भनेका कारण आफुहरुलाई सुधार केन्द्रका सञ्चालक प्रति नै शंका लागेकाले आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी दिन जाँदा ईलाका प्रहरी कार्यालय हरिवनका तत्कालीन प्रहरी प्रमुख प्रहरी निरिक्षक शिवराम थापाले सुधार केन्द्रका सञ्चालकको नाम हटाएर जाहेरी ल्याउन भनेका पीडित परिवारको भनाई थियो।घटनास्थल ईलाका प्रहरी कार्यालय लालबन्दीको क्षेत्रमा पर्ने भएपनि इलाका प्रहरी कार्यालय लालबन्दीमा सो समयमा प्रहरी निरिक्षक नभएकाले ईलाका प्रहरी कार्यालय हरिवनका तत्कालीन प्रहरी प्रमुख प्रहरी निरिक्षक थापाले नै दुवै ईलाका हेरी रहेका थिए।पीडित परिवारका अनुसार शवलाई प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गर्दा शरिरका विभिन्न भागमा कुटपिट गरेको चोटपटक तथा निलडाम देखिएको थियो ।
पीडित परिवारका अनुसार आफ्नो बुढेसकालको साहारा कान्छो छोराको मृत्युका कारण उनका बुबाको पनि केही समय पछि मृत्यु भएको र कानुन बमोजिम सुक्ष्म अनुसन्धान गरि दोषीहरुलाई कडा कार्वाही गर्न माग गर्दै आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी दिन जाँदा प्रहरीले विभिन्न वाहनावाजी गरि जाहेरी तीन पटक सम्म सञ्चाउन लगाएपनि नलिएको मृतककी आमा हिराको गुनासो थियो ।
त्यसैगरी,सुधार केन्द्रका सञ्चालक सापकोटासंग सो विषयमा बुझ्न कमलामाई मिडिया प्रा.लिले फोन गर्दा“पत्रकारहरुले जेजे लेखेपनि हुने,आफुसंग पनि मृतक कार्कीका धेरै कुराहरु रहेको,पीडित परिवारले बताएको भरमा लेखिएका समाचारहरुले केही नहुने”भन्दै धम्की समेत लगाएका थिए ।उनले पीडित परिवारबाट आएका विभिन्न विषयहरु आफुसंग सुरक्षित रहेको बताउँदै पीडित परिवार र प्रहरीसंग निरन्तर सम्पर्कमा रहेको समेत कमलामाई मिडिया प्रा.लिलाई बताएका थिए भने पत्रकारहरुले समाचार लेखी कार्यालयको प्रतिष्ठामा चोट पुग्ने गरी काम गरेमा राम्रो नहुने भन्दै कमलामाई मिडिया प्रा.लिलाई धम्क्याएका थिए साथै उनले कमलामाई मिडिया प्रा.लिलाई समाचार लेख्ने पत्रकारलार्ई पीडितको पैसा खाएर आफ्नो र सुधार केन्द्रको विरुद्धमा समाचार लेखेको आरोप समेत लगाएका थिए ।उनले पत्रकारले आफ्नो चरित्र हत्या गरे कानुनी कार्बाहीको बाटो जाने बताएका थिए भने समाचारमा सत्यता नभएको र जे पायो त्यही नलेख्न उनले पत्रकारलाई धम्क्याएका थिए तर अदालतले उनीलाई दोषी ठहर गर्दै पुर्पक्षका लागी झुम्का कारागार सुनसरी चलान गरेको छ ।
सुधार केन्द्रका सञ्चालक सापकोटालाई पुर्पक्षका लागि झुम्का कारागार चलान गरेको भएपनि उनका व्यावसायीक साझेदार(शेयर सदस्य)हरु सन्देश कुमार पराजुली,मेघनाथ राउत(सन्तोष) र अर्का राजकुमार घिमिरे अहिले पनि फरार रहेका छन्।सापकोटालाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश थापाले मूलुकी अपराध संहिता २०७४ को लफा १८५ को९१० बमोजिम कसुरमा सोही संहिताको दफा १८५ को ९२० बमोजिम सजाय गर्न पुर्पक्षका लागी झुम्का कारागार सुनसरी चलान गरेका हुन।अभियुक्त सापकोटाले सुधार केन्द्रमा बैशाख २४ गते घिमिरे र मृतक कार्की विच वाद विवाद भएको र अन्य प्रतिवादीहरुले छुट्याएका र मृतक कार्कीको शरीरमा कस्ले चोटपटक लगाईदिए भन्ने थाहा नभएको अदालतमा बयान दिएका थिए ।शव परिक्षण प्रतिवेदन र मृत्युको कारण खुलेको पत्र सहितको कागजात,मृतकको शरीरको विभिन्न भागमा आठ प्रकारका घाउँचोट रहेको भन्ने शव परिक्षण प्रतिवेदनमा उल्लेख भएको अवस्था समेत मिसिल संग्लग्न र हाल सम्म संकलित प्राप्त प्रमाणहरुबाट प्रतिवादी सापकोटा अभियोग दावी बमोजिम कसूरदार रहेका भन्दै अदालतले पुर्पक्षका लागी कारागार चलान गरेको जनाएको छ ।
प्रतिवादी सापकोटालाई मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६७९१० बमोजिम मुद्धामा पुर्पक्षका लागी थुनामा राख्नु कानुन बमोजिम सोही संहिताको दफा ८० बमोजिम थुनुवा पुर्जी दिई कारागार पठाउन भनी सोही संहिताको दफा ७९ बमोजिम न्यायाधीश थापाको आदेशले पुर्पक्षका लागी कारागार चलान गरिएको अदालतले जनाएको छ ।उनलाई घटना घटेको करिब ६ महिनापछि मंसिर १३ गते आत्माहत्या दुरुत्साहन सम्बन्धी कसूरमा पुर्पक्षका लागी कारागार चलान गरिएको सर्लाही जिल्ला अदालतले जनाएको छ ।
घटना भए पछि जिल्ला प्रशासन कार्यालय सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव,जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक नरेशराज सुवेदी,राष्ट्रिय अनुसन्धानका अनुसन्धान उप निर्देशक सन्तोष ढुंगेल सहितको टोलीले स्थलगत अनुगमन पनि गरेको थियो तर अदालतले घटना घटेको करिब ६ महिना पछि सुधार केन्द्रका सञ्चालक सापकोटालाई पुर्पक्षका लागी झुम्का कारागार सुनसरी चलान गरेको हो ।प्रहरीले जाहेरी लिन नमाने पनि लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा रहेको सुधार केन्द्रको कार्यालय घटना भए लगतै हरिवन नगरपालिका ९ स्थित सुखेपोखरीमा सारेको थियो भने सुधार केन्द्रका सञ्चालकहरु सहितका प्रतिवादीहरु सोही दिनदेखि फरार रहेका छन् ।

सम्बन्धित समाचार