सर्लाहीको हरिवन नगरपालिका ११ बालगंगाका शेष ईर्सादकी अन्दाजी १७ वर्षिय छोरी तवसुन खातुनलाई सकिना खातुन,शेष ईर्साद,शेख मिर हमजा(शेख चाँद) र जिनत प्रविन(जिन्नत खातुन)ले आफ्नै घरको कोठामा झुण्ड्याई कर्तव्य गरी मारी शव दवाउने कार्य गरेको भन्दै अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले चारै जनामाथि ज्यान सम्बन्धी मुद्धा चलाएको छ ।

हरिवन नगरपालिका ११ बालगंगा स्थित आफ्नैै घरको कोठामा तवसुनलाई झुण्ड्याई कर्तव्य गरी मारी शव दवाउने उदेश्यले सोही स्थानको मुस्लिम टोलमा रहेको चिहान (कब्ररस्थान) मा शव गाडेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएपछि जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले मंसिर २५ गते जिल्ला अदालत सर्लाहीमा मुद्धा दाय गरेकोमा जिल्ला अदालत सर्लाहीले सकिनालाई पुर्पक्षको लागी कारागार पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

साथै ज्यान सम्बन्धी मुद्दाको अनुसन्धान एवम तहकिकात गर्ने क्रममा सकिना समेतको मिलेमतोमा आफ्नो छोरा भारतिय नागरिक हमजालाई वंशजको आधारमा झुठ्ठा विवरण पेश गरि नेपाली नागरिकता दिलाई दिएको भन्दै नागरिकता ऐनसम्बन्धी मुद्दामा समेत संलग्न रहेका जिलानीलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा दाजु बहिनी नाताका प्रतिवादी सकिना र जिलानी श्रीमान श्रीमती बनी प्रतिवादी जिलानीले भारतिय नागरिक आफ्नो भान्जा हमजालाई आफ्नो छोरा बनाई तत्कालिन सक्रौल गा.वि.स. सचिव राम गुलाम राय यादवले हमजाको २०५८ बैशाख १० गतेको जन्म मितिलाई मिति २०५५ बैशाख १० गतेको जन्म मिति बनाई जन्म दर्ताको प्रतिलिपी बनाई प्रमाणित गरी झुठ्ठा कागजात तयार गरी गा.वि.स. सचिव यादवको सिफारिसमा मिति २०७३ बैशाख २२ गते प्रतिवादी हमजालाई बंशजको आधारमा नेपाली नागरिकता दिलाई दिएको अनुसन्धानबाट प्रमाणित भएपछि जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले जिल्ला अदालत सर्लाहीमा मुद्धा दायर गरेपछि सकिना र जिलानीलाई नागरिकता र राहदानी सम्बन्धी कसुरमा पुर्पक्षको लागी कारागार पठाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।तर जिल्ला प्रहरी कार्यालय सर्लाहीले तत्कालिन सक्रौल गा.वि.स. सचिव हाल इश्वरपुर नगरपालिका १५ का वडा सचिव यादवलाई नियन्त्रणमा लिए नलिएको सम्बन्धमा खुलाएको छैन् भने तवसुनको हत्या आरोपका अभियुक्तहरु मध्य अरु दुइ जनाको अवस्थामा पनि गोप्य राखेको छ ।