सर्लाही मलंगवा नगरपालिका ८ मलंगबाबा मन्दिर नजिकै नामथर वतन नखुलेको एक पुरुषको शव फेला परेको छ ।मलंगवा नगरपालिका ८ मलंगबाबा मन्दिरदेखि पुर्व बोर्डर नजिकै नामथर वतन नखुलेको जिन्स पाईन्ट,कालो सर्ट लगाएको मुखबाट फिज निस्केको अवस्थमा अन्दाजी वर्ष २०/२१ को एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मलंगवा नगरपालिका ८ मलंगबाबा मन्दिरदेखि पुर्व बोर्डर नजिकै नामथर वतन नखुलेको एक पुरुष मृत फेला परेका भन्ने खरब पाउना साथ जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी गोरखकालीको टोली घटनास्थलमा पुगेको र आवश्यक प्रक्रिया पुरा गरी शवलाई प्रादेशिक अस्पताल मंलगवा सर्लाहीमा राखि शवको पहिचान खुलाउने तर्फ अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीले जनाएको छ ।