अपाङ्गता भएका व्यक्तिहरुको अभिमुखिकरण इश्वरपुरमा सम्पन्न

1.5k Shares

सर्लाहीको इश्वरपुर नगरपालिका १३ मा एक दिने अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।ईश्वरपुर नगरपालिका १३ को आयोजना र ईश्वरपुर नगरपालिकाको समन्वय तथा एविलिस फाउन्डेसन नेपालको साझेदारीमका  अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा इश्वरपुर नगरपालिकाका १ देखि १५ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता रहेको आयोजक एविलिस फाउन्डेसन नेपालले जनाएको छ ।ईश्वरपुर नगरपालिकाले पहिलै यस प्रकारको कार्यक्रमको आयोजना गर्नु पर्ने कार्यक्रममा सहभागी अपाङगता भएका मानिसहरुले बताए।यस प्रकारका कार्यक्रमबाट अपाङगता भएका मानिसहरुको आवाज नगरपालिकासम्म पुग्ने विश्वस सहभागीहरुले व्यक्त गरेका आयोजकले जनाएको छ ।
इश्वरपुर नगरपालिकाकी उपप्रमुख रन्जिता देबी चौधरीको प्रमुख आतिथ्यता एवम  आयोजक संस्थाका अध्यक्ष राम कैलाश महतोको अध्यक्षतामा भएको कार्यक्रममा शिवनाथ राउतले प्रशिक्षण दिएका थिए । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी इश्वरपुर नगरपालिकाकी उप प्रमुख चौधरीले अपाङ्गता ऐन २०७४  अनुसार नै अपाङगताको सवालमा हरेक मुद्धा र समस्यालाई पालिकाको बैठक सम्म पुयाउने  र इश्वरपुर नगरपालिकालाई  अपाङ्गता मैत्री नगरपालिका बनाउन पहल गर्ने प्रतिबद्ध व्यक्त गरिन् ।

सम्बन्धित समाचार