पुर्व पश्चीम लोकमार्गमा करिब डेढलाखको भन्सार छलीको कपडा सहित चालक र भेन ई.प्र.का हरिवनको नियन्त्रणमा

1.3k Shares

पुर्व पश्चीम लोकमार्ग अन्र्तगत सार्लहीको हरिवन नगरपालिका ११ स्थित कडरिया चोकबाट प्रहरीले करिब डेढ लाख बराबरको भन्सार छलीको कपडा सहित भेन र चालकलाई नियन्त्रणमा लिएको छ ।पुर्व पश्चीम लोकमार्ग हुँदै पश्चीमबाट पुर्व तर्फ आई रहेको प्र.३–०१–०२४ च.८१०७ नम्बरको भ्यानलाई शंका लागि चेकजाँच गर्ने क्रममा उत्तः भेनमा लुकाई छिपाई भन्सार छली ल्याउँदै गरेको अवस्थामा अन्दाजी मुल्य रु एक लाख ५२ हजार चार सय ६० बराबरको बराबरको विभिन्न किसिमका रेडिमेड कपडाहरुका साथै सो भेन र भेनका चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक अनिलराज गिरीले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय हरिवनबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उत्त भेनमा भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको कपडा सहित भेन र चालकलाई आवश्यक कार्बाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाईएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक गिरीले जानकारी दिए ।तर प्रहरीले चालक समेत नियन्त्रणमा लिएको भएपनि चालक र कपडा कसको हो भनि विवरण खुलाएको छैन् ।

सम्बन्धित समाचार