1.2k
Shares
मीठो बोले पुग्छ केही नपाउँदा नि खुसीलाग्छ ।
समयमा तातो पानी खुवाउँदा नि खुसीलाग्छ ।।
बा भन्नू हुन्थ्यो“ओखती चाँहीदैन बिसन्चोमा”।
बरु छेऊमैँ बसि निधार समाउँदा नि खुसी लाग्छ ।।
सन्तानको मायाँ पनि अचम्मको हुने रहेछ ।
उसकै दुनियाँमा टाढा रमाउँदा नि खुसी लाग्छ ।।
खालिहातै किन नहोस् हाँस्दै मुस्कुराउँदै छोरो ।
लामो समयपछि घर आउँदा पनि खुसी लाग्छ ।।
खुसीहुन कुनै आयाम नचाहीने रहेछ महाशय ।
धेरै दिनपछि उसले नुहाउँदा नि खुसी लाग्छ ।।
पर्शुराम घिमिरे(निदान)
मकवानपुर