सर्लाहीको ईलाका प्रहरी कार्यालय हरिवनले सामुहिक वलात्कारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।घरेलु मादक पदार्थ सेवन गराई सामुहिक रुपमा पालैपालो जवरजस्ती करणी गरि फरार भएका तीन जनालाई ईलाका प्रहरी कार्यालय हरिवनले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
उनका अनुसार बागमती नगरपालिका ४ जिरायत सुकेखोला स्थित रहेको लहरीघारीमा १ महिलालाई घरेलु मादक पदार्थ सेवन गराई सामुहिक रुपमा पालैपालो जवरजस्ती करणी गरि फरार भएका अन्दाजी वर्ष ३५ का हिरा बहादुर भुजेल(हरि),अन्दाजी वर्ष ४२ का खेलेन्द्र परियार(राम) र अन्दाजी वर्ष २१ का धनलाल बराईली(अनिल)लाई लुकिछिपी बसेको अवस्थामा पुस ११ गते पक्राउ गरेको हो ।
उनीहरुलाई बागमती नगरपालिका ४ जिरायत सुकुम्बासी बस्तीबाट लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको सर्लाही प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका तीनैजनालाई सर्लाही जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाईएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक अनिलराज गिरीले जानकारी दिए ।