गाउँपालिका अध्यक्ष महतोकै कारण चन्द्रनगरको गाउँसभा हुन सकेन्

1.7k Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले चालु आर्थिक वर्षको सात महिना बितिसक्दा पनि गाउँ सभा गर्न सकेको छैन् ।२० वटा स्थानीय तहहरु रहेको सर्लाहीमा बाँकी रहेको हरिपुर्वा नगरपालिकाले सोमबार मात्रै नगर सभा गरेको भएपनि चन्द्रनगर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिना वितिसक्दा पनि चालु आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन नसकेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गरेको व्यावस्था अनुसार गाउँपालिका अध्यक्ष नचल्दा चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिना वितिसक्दा पनि वार्षिक बजेट,नीति तथा कार्यक्रम आउन नसकेको चन्द्रनगर गाउँपालिकाकी उपा अध्यक्ष गीतादेवी महतोले बताईन् ।उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को भाग १ परिच्छेद ३ को दफा १६ को उपदफा ४ को १ (क)ले गाउँपालिका अध्यक्ष तथा नगर प्रमुखलाई दिएको अधिकार गाउँपालिका अध्यक्ष राजकुमार महतोले प्रयोग नगरेका कारण चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिना वितिसक्दा पनि वार्षिक बजेट,नीति तथा कार्यक्रम आउन नसकेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को भाग १ परिच्छेद ३ को दफा १६ को उपदफा ४ को १ (क)को ३ मा वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गर्ने,स्थानीय सरकार सञ्चालन ऐन २०७४ को भाग १ परिच्छेद ३ को दफा १६ को उपदफा ४ को १ (क)को ४ मा सभाको अधिवेशन आव्हान र अन्त्य गर्ने र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को भाग १ परिच्छेद ३ को दफा १६ को उपदफा ४ को १ (क)को १२ मा सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुस्थित हुनु परेमा उपा अध्यक्ष एवम उप प्रमुखलाई कार्यभार दिने भन्ने अधिकार गाउँपालिका अध्यक्षलाई रहेको उल्लेख भएपनि चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतो ११ दिन गाउँपालिका भन्दा बाहिर हुँदा समेत उपा अध्यक्षलाई कुनै अधिकारी नदिएका चन्द्रनगर गाउँपालिका ३ का वडा अध्यक्ष सिताराम महतोले बताए ।
उनका अनुसार ११ दिन गाउँपालिका अध्यक्ष गाउँपालिका बाहिर रहेपछि आफुले प्रमुख प्रशासकीय अधिकृतलाई अध्यक्ष महतोले केही लेखि दिनु भएको छ भनी सोध्दा नदिएको बताएका र प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङले नै गाउँपालिका अध्यक्ष महतोलाई सो विषयमा जानकारी गराएपछि उनी गाउँपालिका आई गाउँसभा गर्ने विषयमा आफु सहित चन्द्रनगर गाउँपालिका ६ का अध्यक्ष राम स्वरुप राउत,चन्द्रनगर गाउँपालिका ७ का अध्यक्ष दिपेन्द्र कुमार चौधरी,कार्यपालिका सदस्य मुलाजीम मन्सुर सहित गाउँपालिका अध्यक्ष महतो बसेर गाउँ सभा गर्ने र त्यसका लागि बैठक बोलाउँने मौखिक रुपमा सहमती गरेको भएपनि पछि कार्यपालिका बैठक बोलाउँदा अध्यक्ष महतो आफैँले सो कुरालाई वेवास्था गरेपछि गाउँसभा अनिश्चित भएको हो ।
चन्द्रनगर गाउँपालिका २ का वडा अध्यक्ष शम्भु साह,३ का वडा अध्यक्ष सिताराम महतो,४ का वडा अध्यक्ष राजिव सिंह,५ का वडा अध्यक्ष सुर्य वंश राय, ६ का अध्यक्ष राम स्वरुप राउत र चन्द्रनगर गाउँपालिका ७ का अध्यक्ष दिपेन्द्र कुमार चौधरी सहित सात जना वडा अध्यक्षहरु मध्य ६ जना वडा अध्यक्ष सहित १५ कार्यपालिका सदस्यहरु मध्य १३ जना कार्यपालिका सदस्यहरु र ३९ जना गाउँ सभा सदस्यहरु मध्य ३१ जना सदस्यहरु गाउँपालिका उपा अध्यक्ष गीतादेवीको पक्षमा रहेका छन्  भने चन्द्रनगर गाउँपालिका १ का वडा अध्यक्ष र गाउँपालिका अध्यक्ष महतो सहित दुई जना कार्यपालिका सदस्य र आठ जना गाउँ सभा सदस्यहरु गाउँपालिका अध्यक्ष महतोको पक्षमा रहेका छन् ।
गाउँपालिका अध्यक्ष महतोले आफु सहित दुई जना कार्यपालिका सदस्य र आफु सहित आठ जना गाउँ सभा सदस्यइहरु लिएर स्पष्ट दुई तिहाईलाई वेवास्था गरी गाउँपालिकालाई अनिर्णयको बन्धी बनाएका चन्द्रनगर गाउँपालिका ७ का वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरीले बताए ।विगत लामो समयदेखि गैर सरकारी संस्थामा काम गर्दै आएका गाउँपालिका अध्यक्ष महतोले गाउँपालिकालाई पनि गैर सरकारी संस्थाकै झै सञ्चालन गर्न खोजेका र आफ्नो स्वर्थ पुरा नहुँदा गाउँ सभा गर्न नचाहेका चन्द्रनगर गाउँपालिका ६ का वडा अध्यक्ष राम स्वरुप राउतले बताए ।
चन्द्रनगर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिना वितिसक्दा पनि चालु आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन नसक्दा गाउँपालिका र मातहतका कार्यालयहरुमा काम गर्ने कर्माचारीहरुका साथै लक्षित वर्ग,लाभग्राहीहरुका साथै जनप्रतिनिधिहरुले चालु आर्थिक वर्षको साउन देखि नै तलब भक्ता खान पाएका छैनन् भने गाउँपालिका भित्र हुने सबै विकास निर्माणका काम पुर्ण रुपमा प्रभावित भएका छन् ।यता,सो विषयमा बुझ्न गाउँपालिका अध्यक्ष महतोलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।

सम्बन्धित समाचार