राप्रपा जनप्रदर्शनका क्रममा घाइते भएका नेता डाँगीको निधन

1.1k Shares

काठमाडौं, ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गत चैत २७ गते गरेको जनप्रदर्शनका क्रममा घाइते भएका नेता ठाकुर प्रसाद डाँगीको निधन भएको छ । बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष डाँगीको उपचारको क्रममा आज बिहान छाउनी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।  उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा आज विहान करिब ४ बजेतिर निधन भएको हो ।

प्रदर्शनका क्रममा प्रहरीले प्रहार गरेको अश्रुग्यासको कारण गम्भीर घाइते भएका नेता डाँगीको टाउको र श्वासप्रस्वासमा समस्या देखिएको थियो । डाँगीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलिका लागि १२ बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने पनि उनले बताए।

सम्बन्धित समाचार