गृहमन्त्रीले संसदमा बोलेको विषयमा कांग्रेसले माग्यो जवाफ

2.3k Shares

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेको अभिव्यक्तिको जवाफ मागेको छ । 

गृहमन्त्रीले संशदमा प्रतिपक्षी दलका नेताहरुमाथि प्रतिशोधपूर्ण र अत्यन्तै अराजनीतिक ढंगले टिप्पणी गरेको भन्दै प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्रीको ध्याणाकर्षण गराएको बताएको छ । 

प्रमुख तीन दलका शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकमा कांग्रेसले गृहमन्त्री रवि लामिछानेले ६ जेठमा संसद्‌मा दिएको अभिव्यक्तिबारे प्रश्न उठाएका हुन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘गृहमन्त्रीजीले सदनभित्र रहेका माननीय र कांग्रेसलाई लाञ्छित गर्नुभएको छ, यसका बारेमा जवाफ चाहन्छौं भनेका छौं ।

साथै कांग्रेस नेताहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए ।

सम्बन्धित समाचार