काठमाडाैं । मनपरि ढंगले गरिने कर्मचारी सरुवा तत्कालका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थगन गरिदिएको छ ।
मन्त्रालयले आइतबार एक सूचना जारी गरी अर्को सूचना प्रकाशन नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरेको जानकारी दिएको हो ।
कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकाले सरुवासम्बन्धी कार्य स्थगन गर्ने असार ६ गते नेपाल सरकार सचिवस्तरिय बैठकले निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत सुरेश श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ ।
पहुँच र भनसुनका आधारमा कर्मचारीको जथाभावी सरुवा हुने र आफू अनुकुल नहुने देखिएपछि कर्मचारीलाई यताउता पार्ने प्रवृत्तिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं वार्षिक प्रतिवेदनले यस्तो विकृति रोक्न निर्देशन नै दिएको थियो । उसोतः कर्मचारी सरुवामा सरकारी संयन्त्रको दुरुपयोग भने रोकिन सकेको छैन् ।
