बालकोटामा ओली-देउवाको अर्थपूर्ण भेटले तरङ्ग

2.1k Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई आफ्नै निवासमा लामो समय गोप्य भेटवार्ता गरेका छन् । 

एमाले-कांग्रेसका नेताहरुले देशलाई निकास दिन दुई पार्टी मिलेर अघि बढ्नुपर्ने आवाज उठाइरहेको बेला देउवा-ओलीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

झण्डै तीन घण्टा देउवा र ओलीबीच एक्लाएक्लै भेटवार्ता भएको स्रोतको भनाई छ । 

कम्युनिष्ट पा्र्टीका संस्थापक नेता पुष्पलालको कार्यक्रममा अनुपस्थित भएका ओलीले बालकोटमा देउवालाई निम्ता दिनु अर्थपूर्ण भएपनि यो विषयमा थप कुरा बाहिर ल्याइएको छैन् । स्रोतका अनुसार सत्ता समिकरण, सरकारका काम, बजेट निर्माणदेखि विभिन्न राजनीतिक विषयमा छलफल भएको बताइएको छ । 

देउवा पत्नी आरजु राणालाई लिएर बालकोटा पुगेका थिए । 

सम्बन्धित समाचार