दमकमा पेस्तोल सहित युवक पक्राउ

1.9k Shares
२८ साउन, काठमाडौं । झापामा इटालियन पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-८ का ३६ वर्षीय संजीव गजमेर छन् । उनलाई इलाका प्रहरी कार्यालय दमक, झापाको प्रहरी टोलीले सोमबार बिहान पक्राउ गरेको हो ।
 
को. ३८ प. ५६४९ नम्बरको स्कुटरमा सवार उनले पेस्तोल बोकेको प्रहरीले जनाएको छ ।  बिहान दमक नगरपालिका-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकबाट उनलाई पक्राउ गरिएको हो ।
 
उनीबाट मेड इन इटाली लेखिएको पेस्तोल र २ थान म्यागजिन बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
सम्बन्धित समाचार