मुलुकको अर्थतन्त्र असहज स्थितिमा रहेको छ: प्रधानमन्त्री ओली

2k Shares

१ भदौ, काठमाण्डौं । प्रधानन्त्री केपी शर्मा ओलीले शिक्षकको जागिरले घर चलाउन पनि नपुग्ने टिप्पणी गरेका छन् । शनिबार पार्टी निकटको नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यक्रममा उनले शिक्षकको जागिर घर चलाउन पुग्ने गरी छ भन्न नसक्ने बताए ।

‘शिक्षकको जागिर घर चलाउन पुग्नेगरीको छ भन्दिन म, घर चलाउन पनि नपुग्ने गरीको पनि तलब हुन्छ’ उनले यस्तो परिस्थितिमा पनि पैसा वचत गरेर नेपाल राष्ट्रिय शिक्षक संगठनले घर बनाएको भन्दै प्रशंसा गरे ।

अहिले मुलुकको अर्थतन्त्र असहज र अप्ठ्यारो स्थितिमा रहेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो अवस्थामा पनि अर्थतन्त्रले धान्ने गरी सुधारको काम गर्नुपर्ने बताए ।

‘म साथीहरुलाई आग्रह गर्न चाहन्छु हामी हरेक जिम्मेवार छौं, जिम्मेवारीवोधका साथ चल्छौं र चल्ने परिपाटी बसाउँछौं’ उनले भने ।

सम्बन्धित समाचार