1.7k
Shares
मंसिर २०, काठमाडौं । इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ । ९९ वर्षीय राणा आगामी चैतमा शताब्दी टेक्दै हुनुहुन्थ्यो ।
ललितपुरको मेडिसिटी अस्पतालमा इतिहासकार राणाको आज दिउँसो १२:१३ मिनेटमा निधन भएको उहाँकी बुहारी भगवती राणाले जानकारी दिनुभयो ।
न्यून रक्तचाप र श्वासप्रश्वासमा कमी आएपछि उहाँलाई बुधबार बिहान ८ बजे अस्पताल लगिएको थियो ।