समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा आमसभा गर्ने

1.9k Shares

माघ २, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) सहितको चार दलीय समाजवादी मोर्चाले  माघ १६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय गरेको छ। बुधबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले आगामी माघ १६ गते काठमाडौं केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको हो।

आज (बुधबार) नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो । ‘आगामी माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट भव्य कार्यक्रम गरौं भन्ने हामीले निर्णय गरेका छौ,’– बैठकपछि निर्णय सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भने ।

सम्बन्धित समाचार