रविलाई धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

1k Shares

माघ २, काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।
थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको अदालत स्रोतले जानकारी दिएको छ।काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

जिल्ला अदालत काठमाडौंमा जारी बहसमा आज रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरे। उनीहरू दुवैले लामिछाने निर्दोष रहेको र तारेखमा मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने जिकिर गरेका थिए। दुई जनाको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको थियो।

त्यस्तै, पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले जवाफी बहस गरेका थिए। 

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।

सम्बन्धित समाचार