पार्टी एकता संवादका लागि लोसपाले बनायो वार्ता टोली

1.8k Shares

माघ ६,काठमाडौं । मधेसमा क्रियाशील विभिन्न राजनीतिक दलसँग एकता संवाद गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले दुई सदस्यीय वार्ता टोली बनाएको छ । लोसपाले आइतबार दुई सदस्यीय वार्ता टोली गठन गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिएका छन् ।ठाकुरका अनुसार  वार्ता टोलीमा वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ल र वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण छन् ।

अहिलेको राजनीतिक परिस्थिति र आवश्यकतालाई मध्यनजर राख्दै सहकार्य र एकताको संवादलाई छिटोछरितो निष्कर्षमा पुर्‍याउन उच्चस्तरीय वार्ता समिति गठन गरिएको बताइएको छ ।

सम्बन्धित समाचार