काठमाडौंका चोक-चोकमा बर्दीसहितका ११ सयभन्दा बढी प्रहरी र सादा पोशाकका गुप्तचर परिचालित

2.2k Shares

काठमाडौं, फागुन २५ ।आइतबार काठमाडौंको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न काठमाडौंमा भव्य र्‍यालीको तयारी भइरहेका बेला सरकारले काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले अरू सामान्य अवस्थाभन्दा बढी संख्यामा नेपाल प्रहरीका कर्मचारी खटाइएको जानकारी दिए

।गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण र शक्तिपिठको दर्शन गरेर आज अपराहन्न काठमाडौं आउन लागेका पूर्वराजा शाहलाई गौशाला, तीनकुने क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएका राजावादी समर्थकहरू विमानस्थलबाटै निर्मल निवाससम्म र्‍याली निकाल्ने तयारी गरेपछि सरकारले नारायणहिटी दरबारसहित उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको हो ।

सरकारले आज आवश्यक परे चारवटै सुरक्षा निकाय परिचालित गर्ने तयारी अनुसार आज बिहानैबाट काठमाडौंका चोकचोकमा बर्दीसहितका र सादा पोशाकका गुप्तचर टोली परिचालित गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आइतबारका लागि आवश्यकताअनुसार सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए।

सम्बन्धित समाचार