3.8k
Shares
फागुन२७ ,काठमाडौं । आज बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद उर्मिला थेवे बसेको कुर्सी भाँचिएको छ।कुर्सी भाचिँदा सांसद थेवे सामान्य घाइते भएका छन् । बैठकको विशेष समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका बेला कुर्सी भाँचिएको हो।
सांसद लडेपछि सभामुख देवराज घिमिरेले चासो देखाएका थिए। त्यस्तै बोलिरहेका सांसद गगन थापा पनि रोकिएर पछाडी फर्किएका थिए।
उनलाई अहिले संसद् भवनबाट बाहिर लगिएको छ । उनको अवस्था सामान्य नै रहेको नेताहरुले जनाएका छन् ।