2.7k
Shares
चैत ५,काठमाडौँ । काठमाडौँको झोर महाकाल क्षेत्रबाट ना।१ ख १६५२ नम्बरको ट्रकबाट करिब २५ करोड नगद सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा गाडी र मानिससहित २५ करोड बराबरको रकम बरामद गरेको स्रोतले बतायो।प्रहरीले यसबारे विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।
नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित दुईजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । अनुसन्धान अधिकृतहरूले रकम यकिन गर्न गन्ने काम गरिरहेका छन् ।
यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।