3k
Shares
काठमाडौं, १९ चैत । प्रतिनिधि सभाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं सांसद दीपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित भएको छ ।
राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो ।
बोहरा गएको संघीय निर्वाचनमा रुपन्देही–३ बाट निर्वाचित भएका थिए।अहिले उहाँको पार्थिव शरीर नेपाली सेनाको स्काई ट्रकबाट निर्वाचन क्षेत्र भैरहवामा लाने तयारी भइरहेको छ ।
श्रद्धाञ्जलीका लागि आज दिनभर भैरहवामा राखेर साँझ काठमाडौँ ल्याइने छ । उहाँलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान पार्टी कार्यालयमा राखेर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बोहोराका स्वकीय सचिव तारामणि चन्दले बताएका छन्।