1.8k
Shares
काठमाडौं, १८ बैशाख । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा। विजय चौथाइवालेले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । हिजो नेपाल ओर्लिएका चौथाइवाले राजनीतिक भेटवार्तामा व्यस्त छन् ।
हिजो नै उनले कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा। आरजु राणा र गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए । आज विहानै उनले पशुपतिनाथ मन्दिरको दर्शनसमेत गरेका छन् ।पशुपतिनाथ मन्दिरको दर्शनपछि आज उनले प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुसँग भेट्ने तय भएको छ । उनी भोलि ९शुक्रबार० स्वदेश फर्किने जनाईएको छ ।