वाईसीएल नेपाल मन्थलीको अध्यक्षमा पाख्रिन, सर्वसम्मत १८ सदस्यीय समिति चयन

1.5k Shares

रामेछाप, २६ वैशाख । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाल मन्थली नगर कमिटीको दोस्रो सम्मेलन आज (शुक्रबार) मन्थलीमा भएको छ । सम्मेलनबाट केशव पाख्रिनको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

माओवादी केन्द्र मन्थली नगर कमिटीका सचिव राम तामाङका अनुसार वाईसीएल नेपालको नगर सम्मेलनबाट अध्यक्ष केशव पाख्रिन,उपाध्यक्षमा अजित लामा र विवेक बज्राचार्य, सचिवमा मनोज माझी, सहसचिवमा पुजन श्रेष्ठ र भवन कार्कीलाई चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा दिपेन्द्र वर्मासाख, रामकृष्ण गिरी, विशाल बोहोरा, गणेश मिजार, सरोज चौहान, महेश खत्री, दिनेश वर्मासाख र सुजन भुजेल चयन भएका छन् ।

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आगामी जेठ १७ ,१८ र १९ गते काठमाडौंमा हुँदै छ । राष्ट्रिय सम्मेलनको पूर्व तयारीमा रहेको वाईसीएलले यसअघि नगर सम्मेलन, जिल्ला सम्मेलन र प्रदेश सम्मेलनको कार्यक्रमहरु गरिरहेको छ । राष्ट्रिय सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आतिथ्यतामा हुने बताइएको छ ।

 

सम्बन्धित समाचार