1.5k
Shares
काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । भोलि (सोमबार) विहान ९ बजे निजि निवास बुढानिलकण्ठमा बस्नेगरि सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
बैठकमा पार्टीको क्रियाशिल सदस्यताको विवाद समाधान गर्ने भनिएको छ। यस्तै, गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा नाम मुछिएको आरोप लागेर राजीनामा मागिएको छ ।पार्टीकै नेताहरुलेपनि राजीनामा दिनुपर्ने मत राखेकोले यो विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुन सक्ने बताईन्छ ।