यो भन्दा ठुलो लज्जा पनि केही हुँदैन: डा‍.चन्द्र भण्डारी

2.2k Shares

काठमाडौँ । सांसदलाई नै झुक्क्याएर निजामती विधेयकमा वरिष्ठ प्रशासकहरूका स्वार्थ घुसाइएको पाइएपछि सांसदहरूले आपत्ति जनाइरहेका छन् ।

दुई वर्षे कुलिङ पिरियडको भाषामा हेरफेर भएपछि यसको विरोध भएको हाे । यसै क्रममा कांग्रेस सांसद डा‍.चन्द्र भण्डारीले सीमित व्याक्तिहरुको स्वार्थका लागि यो मुलुक कति ठगिएको होला भन्दै संशय प्रकट गरेका छन् । 

उनले लेखेका छन्-'सांसदमा सांसदलाई समेत  ढाँट्ने छल्ने र किर्ते गर्ने गरे पछि ! स्वार्थका लागि यो मुलुक कति ठगिएको होला? कहाँबाट गल्ती भएको छ? यो अक्षम्य ठुलो अपराधको कारबाही इतिहास बन्ने गरी गर्नु पर्दछ ।

कति ठुलो छलछाम ! दायित्वमा रहेका सम्बद्ध पक्ष  पनि परीक्षणको कसीमा हुनुपर्दछ । के के देख्नु , सुन्नु र भोग्नु पर्ने हो? यो भन्दा ठुलो लज्जा पनि केही हुँदैन !'

सम्बन्धित समाचार