कार्की नेतृत्वको सरकारलाई अदालतले पनि संवैधानिक ठहर्‍याउदैनः ओली

1.9k Shares

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताएका छन् । 

शनिवार पार्टीद्वारा काठमाडौंमा आयोजित जनप्रदर्शन तथा जनसभामा बोल्दै ओलीले अदालतले कुनैपनि हालतमा वर्तमान सरकारलाई संवैधानिक ठहर्‍याउन नसक्ने दाबी गरेका हुन् ।

हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट वर्तमान सरकार बनेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो सरकारलाई संवैधानिक भन्न नमिल्ने तर्क गरेका हुन् । यस्तै उनले वर्तमान सरकार लोकतन्त्र विरुद्ध निर्माण गरिएको आरोप समेत लगाए ।

यस्तै, ओलीले बारामा आफ्ना पार्टीका नेताविरुद्ध माओवादी, रास्वपा र राप्रपाका नेताहरुले अवरोध गरेको भन्दै यस्ता क्रियाकलापको डटेर सामना गर्ने चेतावनी समेत दिए । 

भिडियोः

सम्बन्धित समाचार