काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य मिङ्मा डण्डु शेर्पाले साधारण सदस्य समेत नरहने गरि पदबाट राजीनामाको घोषणा गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेशको तयारीमा रहेका शेर्पा वाइसीएल नेपालको पूर्वउपाध्यक्ष समेत हुन भने २०६२ सालमा तत्कालीन माओवादी प्रवेश गरि सक्रियतापूर्वक राजनीति गरेका नेता हुन् ।
एमालेबाट राजनीतिक यात्रा थालेका शेर्पाले राजीनामा दिदै साधारण सदस्य समेत नरहने घोषणा गरेका छन भने उनी चुनावको सम्मुखमै रास्वपा प्रवेशको तयारीमा जुटेका हुन् ।
रास्वपा प्रवेशका लागि शेर्पाले रवि लामिछाने र बालेन्द्र साह 'बालेन'लाई समेत पटक-पटक भेटेर प्रवेशको वातावरण तयार पारेका हुन् । केहिदिनमै उनी रास्वपा प्रवेश गर्ने तयारीमा रहेका छन् ।
विज्ञप्ति
