सभामुखमा रास्वपाका डीपी अर्याल निर्विरोध

2k Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याल 'डीपी' सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । 

सभामुखका लागि डीपी अर्याल एक्लैको उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । तर, आगामी चैत २२ गतेको संसद बैठकमा संसद सचिवालयले सभामुख चयन गरियोस भन्ने प्रस्ताव पेश गरेपछि उनी निर्वाचित हुनेछन् । 

 सभामुखको निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो पदका लागि प्रश्ताव दर्ता गर्नुपर्ने थियो । जसमा अर्याल एक्लैको उम्मेदवारी परेको हो ।

आगामी मंगलबार बोलाइएको प्रतिनिधि सभा बैठकमा अर्यालका प्रस्ताव रवि लामिछानेले प्रश्ताव गर्ने र समर्थकहरु सोविता गौतम, डा. स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गरेपछि सभामुख निर्वाचित भएको औपचारिक घोषणा हुने पनि संघीय संसद सचिवालयले जनाएको छ । 

सम्बन्धित समाचार