काठमाडाैं । संवैधानिक परिषद्को बैठक बस्दैछ। आज साँझ ५ बजेका लागि संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले बैठक डाकेका हुन्।
बिहीबार सिंहदरबारमा बस्ने बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी छ। प्रधानन्यायाधीश सिफारिस गर्नका लागि बोलाइएको बैठकबारे चर्चा चलिरहेको छ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिस गर्न बस्ने भनिएको बैठकबारे वरियताक्रम मिचिन सक्ने भन्दै अनेक आशंकाहरु गर्न थालिएका छन्। संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विपक्षी संसदीय दलको नेता, उपसभामुख र कानूनमन्त्री सहभागी हुनेछन्।
प्रधानन्यायाधीशका लागि कायमकुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ सिफारिस भएका छन्। यहि सूचीबाट परिषद्ले इकजनालाई प्रधानन्यायादीश सिफारिस गर्नेछ। त्यसपछि हुने संसदीय सुनुवाईबाट अनुमोदन पश्चात प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ।