काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन प्रतितोला १ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १२० रुपैयाँले महँगिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी प्रतितोला ५ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य ५ हजार १५५ रुपैयाँ थियो । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ र चाँदी ५ हजार ५० रुपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च विन्दुतर्फ उकालो लागिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार एक औँस सुन ४ हजार ७१५ अमेरिकी डलर तथा चाँदी ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।