स्रोतमा फोहर छुट्याउँदा बञ्चरेडाँडाको चाप कम

1.6k Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले घर तथा संस्थागत तहबाटै फोहर वर्गीकरण गर्ने अभियानलाई प्रभावकारी बनाउँदै लगेपछि बञ्चरेडाँडा लैजाने फोहरको परिमाण घट्न थालेको जनाएको छ ।

महानगरले कुहिने र नकुहिने फोहर छुट्याएर संकलन गर्ने व्यवस्था कडाइका साथ लागू गरेपछि अन्तिम व्यवस्थापनस्थलमा पुग्ने फोहर कम भएको हो। महानगरपालिकाका अनुसार स्रोतमा नै फोहर छुट्याउने प्रणालीले पुनःप्रयोग र पुनर्चक्रणलाई सहज बनाएको छ ।

यसले व्यवस्थापन खर्च घट्नुका साथै वातावरणीय प्रभाव पनि कम भएको जनाइएको छ । महानगरले नागरिक, व्यवसायिक संस्था र टोलस्तरबाट समेत वर्गीकरण अभियानमा सहयोग बढ्दै गएको बताएको छ।

महानगरले आगामी दिनमा सबै वडामा वर्गीकृत फोहर संकलनलाई अझ व्यवस्थित बनाउने तयारी गरेको छ । साथै, वर्गीकरण नगरी फोहर फाल्ने व्यक्ति वा संस्थामाथि निगरानी र कारबाहीसमेत कडा पारिने जनाएको छ।

सम्बन्धित समाचार