नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ भने युरो र बेलायती पाउन्डको मूल्यमा गिरावट आएको छ ।
आज एक अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा डलरको मूल्यमा सामान्य वृद्धि भएको हो ।
यस्तै, एक युरोको खरिददर १७९ रुपैयाँ ३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा तोकिएको छ । बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी स्विस फ्र्याङ्कको खरिददर १९५ रुपैयाँ ५९ पैसा, अष्ट्रेलियन डलर ११० रुपैयाँ ८० पैसा, क्यानेडियन डलर १११ रुपैयाँ ६३ पैसा र सिंगापुर डलर १२० रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकका अनुसार जापानी येन १० को खरिददर ९ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन २२ रुपैयाँ ५१ पैसा, साउदी रियाल ४० रुपैयाँ ७४ पैसा तथा कतारी रियाल ४१ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।
विदेशी मुद्राको विनिमयदर बजारको अवस्थाअनुसार परिवर्तन हुन सक्ने राष्ट्र बैंकले जनाएको छ ।