2.1k
Shares
काठमाडौं । श्रम तथा संस्कृति पार्टीको केन्द्रीय समितिमा सुदन समूहबाट प्रतिनिधित्व गर्ने पदाधिकारी चयन गरिएको छ । समूहको तर्फबाट प्रकाश उपाध्यक्षमा चयन भएका छन् भने टीकारामलाई सचिवको जिम्मेवारी दिइएको छ ।
पार्टीभित्रको आन्तरिक सहमति र समूहगत भागबन्डाअनुसार सुदन समूहले विभिन्न पदमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गरेको हो । यससँगै पार्टीको संगठनात्मक संरचनामा नयाँ जिम्मेवारी बाँडफाँट गरिएको बताइएको छ ।
नेतृत्व चयनसँगै पार्टीले आगामी राजनीतिक कार्यक्रम, संगठन विस्तार र आन्तरिक गतिविधिलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ । नयाँ जिम्मेवारी पाएका नेताहरूले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।