सुनको भाउ आकासियो, चाँदी पनि महँगियो

3.4k Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि यसको प्रभाव परेको व्यवसायीहरूको भनाइ छ ।

चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले महँगिएको हो ।

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव, अमेरिकी डलरको विनिमयदर तथा लगानीकर्ताको सुरक्षित लगानीतर्फको आकर्षणका कारण सुनको मूल्य निरन्तर बढिरहेको विश्लेषण गरिएको छ । नेपाली बजारमा विवाहको मौसम नजिकिएसँगै सुनको मागसमेत बढ्न थालेको व्यवसायीहरूले बताएका छन् ।

सम्बन्धित समाचार