नवलपुरमा मकैबारीभित्र मृत अवस्थामा भेटियो भाले गैँडा

1.3k Shares

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–१ लोकहा स्याउलीस्थित एक मकैबारीमा भाले गैँडा मृत अवस्थामा फेला परेको छ । स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा शुक्रबार बिहान गैँडा मृत भेटिएको हो ।

डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार मृत गैँडा वयस्क रहेको र त्यसको खाग तथा खुर सुरक्षित अवस्थामा राखिएको छ । गैँडाको शरीरमा कुनै चोटपटक नदेखिएकाले मृत्युको कारण तत्काल खुल्न सकेको छैन ।

घटनाबारे थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार