भागबण्डाको राजनीति अन्त्य गरौं’ : विश्वप्रकाश शर्मा

1.8k Shares

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले अबको पार्टी नीति “गुट भत्काएर पार्टी बनाउने” रहेको बताएका छन्। काभ्रेको धुलिखेलमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनमा सहभागी नभएकालाई पनि समेटेर जिम्मेवारी दिइने बताए।

शर्माले केवल विशेष महाधिवेशनमा सहभागीलाई मात्र जिम्मेवारी दिँदा विभाजन बढ्ने भएकाले सबैलाई समेट्ने रणनीति अपनाइएको बताए। उनले कांग्रेसका क्रियाशील सदस्यलाई सदस्यता अद्यावधिक गर्न आग्रह गर्दै वडा सभापतिमाथि विश्वास गर्न पनि अनुरोध गरेका छन्।

सम्बन्धित समाचार