वीरगञ्जमा दुर्गा प्रसाईं पक्राउ, कारण खुलाइएन

1k Shares

पर्सा । विवादित मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। उनलाई प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको हो।

प्रसाईंको अभियानअन्तर्गत वीरगञ्जमा भोलि कार्यक्रम तय गरिएको थियो। तर कार्यक्रम हुनुअघि नै प्रहरीले उनलाई पक्राउ गरेको समाचार सार्वजनिक भएको हो। पक्राउको कारणबारे भने विस्तृत जानकारी खुलाइएको छैन।

यसअघि पनि विभिन्न अभिव्यक्ति र गतिविधिका कारण प्रसाईं पटक–पटक विवादमा तानिँदै आएका छन्। पछिल्लो पक्राउले फेरि राजनीतिक तथा सामाजिक वृत्तमा चर्चा बढाएको छ।

सम्बन्धित समाचार