संसदमा फेरि अवरोध, सरकारको जवाफदेहिताको माग गर्दै श्रम संस्कृति पार्टीको विरोध

3.2k Shares

काठमाडौं । श्रम संस्कृति पार्टीले सरकार संसदप्रति जवाफदेही नभएको आरोप लगाउँदै प्रतिनिधिसभाको बैठकमा फेरि अवरोध गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुखले सदनको कारबाही अघि बढाउनेबित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाएका हुन् ।

सांसदहरूले संसदमा सरकारको स्पष्ट जवाफ र जिम्मेवारीको माग गर्दै नाराबाजीसमेत गरेका थिए । सभामुख डोलप्रसाद आर्यालले सांसदहरूलाई समय र माइक उपलब्ध नगराए पनि उनीहरूले आफ्नो विरोध जारी राखेका थिए । लगातारको अवरोधका कारण प्रतिनिधिसभाको बैठक प्रभावित बनेको छ ।

सम्बन्धित समाचार