सेयर बजार फेरि ओरालो, लगानीकर्तामा ‘पर्ख र हेर’ रणनीति

5k Shares

काठमाडौं । अघिल्लो कारोबार दिन उत्साहजनक सुधार देखिएको सेयर बजार बिहीबार फेरि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.३६ अंकले घटेर २७४२ बिन्दुमा झरेपछि लगानीकर्तामा पुनः अन्योल बढेको देखिएको हो ।

बजार घटे पनि कारोबार रकम भने बढेको छ । बिहीबार कुल ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसले बजारमा लगानीकर्ताको सक्रियता कायम रहे पनि खरिदभन्दा बिक्री दबाब बढी देखिएको संकेत गर्छ ।

कारोबार भएका अधिकांश उपसमूह राताम्मे बनेका छन् । बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन तथा हाइड्रोपावर समूहमा गिरावट देखिँदा समग्र बजार नै प्रभावित बनेको हो । यद्यपि केही कम्पनीमा भने लगानीकर्ताको आकर्षण कायम रह्यो ।

बुंगल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.१८ प्रतिशतले बढ्दा अपर लोहोरेखोला हाइड्रोपावरको मूल्य १४.९५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, रिडी पावर, बुंगल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र फर्स्ट माइक्रोफाइनान्स अगाडि रहेका छन् ।

विश्लेषकहरूका अनुसार पछिल्ला दिनमा बजारमा तीव्र उतारचढाव देखिनु लगानीकर्ताको मनोविज्ञानसँग जोडिएको छ । केही दिनको वृद्धि पछि नाफा सुरक्षित गर्ने प्रवृत्ति बढ्दा बजारमा करेक्सन देखिएको उनीहरूको भनाइ छ ।

 
 
सम्बन्धित समाचार