इतिहास रचेका कामिरिता शेर्पा काठमाडौँमा भव्य अभिनन्दन
1.3k
Shares
काठमाडौँ। विश्वकै सर्वोच्च शिखर सगरमाथा ३२ पटक सफलतापूर्वक आरोहण गर्ने कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पालाई काठमाडौँमा भव्य रूपमा स्वागत गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उनलाई परिवार, शुभेच्छुक, पर्यटन क्षेत्रका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाले फूलमाला र सम्मानसहित स्वागत गरे। उपस्थित वक्ताहरूले कामिरिताको साहस, निरन्तरता र उपलब्धिले नेपालको पर्वतारोहण र पर्यटन क्षेत्रलाई विश्वभर चिनाएको बताए।
स्वागत समारोहमा कामिरिता शेर्पाले सबैको समर्थनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सुरक्षित र जिम्मेवार पर्वतारोहण प्रवर्द्धनमा लाग्ने प्रतिबद्धता जनाए। उनका उपलब्धिले नेपाली पर्वतारोहण इतिहासमा अर्को सुनौलो अध्याय थपिएको छ।