1.5k
Shares
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक शनिबार विभिन्न समसामयिक राजनीतिक विषयमा छलफल गर्दै आइतबार पुनः बस्ने गरी सकिएको छ ।
पार्टीको आन्तरिक संगठनात्मक विषय, आगामी कार्ययोजना तथा संसद् र समसामयिक राजनीतिक घटनाक्रमबारे बैठकमा विचार–विमर्श भएको जनाइएको छ । बैठक आइतबार पुनः बस्ने र बाँकी एजेन्डामा थप छलफल गर्ने निर्णय गरिएको छ ।