विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर फेरि महँगियो
2.7k
Shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ।
राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ८४ पैसा तथा बिक्रीदर १७७ रुपैयाँ ५४ पैसा तोकिएको छ।
बेलायती पाउण्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०६ रुपैयाँ १२ पैसा रहेको छ।
यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर ११० रुपैयाँ ४२ पैसा तथा सिंगापुर डलर ११९ रुपैयाँ ६० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ।