नयाँ प्रतिनिधि सभा हल तयार भएको सरकारी दाबी, बजेट भने पुरानै हलमा प्रस्तुत हुने

1.3k Shares

काठमाडौँ । पूर्वाधार मन्त्रालयले प्रतिनिधि सभाको नयाँ हल बैठक सञ्चालन गर्न मिल्ने गरी तयार भएको दाबी गरेको छ । मन्त्रालयले सरसफाइसहित आवश्यक पूर्वाधार मिलाएर बैठक बस्न सक्ने अवस्था बनाइएको जनाएको हो ।

मन्त्रालयका अनुसार नयाँ हलमा फर्निचर जडान, ठूला डिस्प्ले, सभामुखको आसन र रोस्ट्रममा माइक तथा स्पिकर जडानको काम सम्पन्न भइसकेको छ । सहरी विकास मन्त्रालयले संसद सचिवालयलाई नयाँ हलमा बैठक सञ्चालन गर्न आग्रहसमेत गरेको छ ।

यसपछि सभामुख र संसद सचिवालयका पदाधिकारीहरूले शुक्रबार बिहान हलको निरीक्षण गरेका थिए । तर सचिवालयले भने हल अझै पूर्ण रूपमा तयार नभएको निष्कर्ष निकालेको छ ।

सचिवालयका अनुसार सांसदका सिटमा माइक जडान नभएको, कार्यव्यवस्था कक्ष तयार नभएको, सुरक्षा, पावर ब्याकअप, प्रवेश तथा बाहिरिने व्यवस्थालगायत प्राविधिक काम बाँकी रहेकाले तत्काल बैठक सञ्चालन गर्न नसकिने अवस्था रहेको छ ।

विशेष भवन निर्माण विभागका प्रमुख सहसचिव रोशन श्रेष्ठले सुरक्षा जाँचका गेट, ब्यागेज स्क्यानर, जेनेरेटर तथा कार्यव्यवस्था कक्षको व्यवस्था मिलाइएको दाबी गर्नुभएको छ ।

यसअघि सभामुख डोलप्रसाद अर्यालले सिट र डेस्कबीचको दूरी धेरै भएको भन्दै सुधार गर्न सुझाव दिनुभएको थियो । माथिल्लो ग्यालरीबाट बैठक अवलोकन गर्न कठिन हुने समस्या पनि देखिएको छ ।

यी कारणले शुक्रबार प्रस्तुत हुने बजेट भने पुरानै संसद् हलबाट सार्वजनिक गरिने भएको छ ।

 

4.jpg

2.jpg

5.jpg

3.jpg

सम्बन्धित समाचार