दिल्लीमा रवि लामिछाने–अमित शाह भेटवार्ता, नेपाल–भारत सम्बन्धमा छलफल
904
Shares
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतका गृहमन्त्री अमित शाह सँग भेटवार्ता गरेका छन्।
पाँचदिने भ्रमणका क्रममा सभापति लामिछानेले आजबाट औपचारिक राजनीतिक भेटवार्ता सुरु गरेका हुन्। भेटका क्रममा नेपाल–भारत सम्बन्ध आपसी हितका विषयहरू साथै समसामयिक राजनीतिक र कूटनीतिक मुद्दामा छलफल भएको बताइएको छ।
लामिछाने नेतृत्वको भ्रमण टोलीले भारतमा विभिन्न राजनीतिक नेतृत्वसँग निरन्तर भेटघाट गरिरहेको छ। यद्यपि भेटवार्ताका विस्तृत विषयवस्तुहरू सार्वजनिक हुन बाँकी रहेको जनाइएको छ।
यसअघि आजै सभापति लामिछानेले भारतका विदेशमन्त्री एस जयशंकर तथा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन सँग पनि भेटवार्ता गरेका थिए।