नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा पक्राउ, श्रीमतीको हत्या गरेको आरोप

3.1k Shares

काठमाडौं, जेठ २३ । ‘नेपाली ब्रो’ नामले परिचित ४२ वर्षीय कुमार थापा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए।

शुक्रबार राति करिब १०:१० बजे भएको उक्त घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले थापालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बालाजुमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका थापाले सामाजिक सञ्जाल तथा विभिन्न कार्यक्रममा आफूलाई ‘प्रो रेस्लर’ तथा ‘नेपाली ब्रो’ का रूपमा चिनाउने गरेका थिए। श्रीमतीको हत्याको आरोपमा उनको पक्राउले सामाजिक सञ्जालमा समेत व्यापक चर्चा पाएको छ।

सम्बन्धित समाचार